साताको बजार : सेयरमा उतारचढाव, सुनमा रेकर्ड

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

यो साता चार दिन मात्रै सेयर कारोबार भएको छ । चार दिनको कारोबारमा पनि नेप्से परिसूचकले तीव्र उतारचढाव व्यहोर्नुपर्‍यो । आइतबार सार्वजनिक बिदा भएकाले सोमबारबाट सुरु भएको नेप्से पहिलो दिन ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा पुगेको थियो । तर, मंगलबार १४५.०५ अंकको घट्यो ।

फराकिलो अन्तरले घटेको बजार बुधबार भने रिकभरी हुँदै १०८.३५ अंकले बढेर परिसूचक २७५९.६७ विन्दुमा पुगेको थियो । बिहीबार बजार ६.७० अंकको सामान्य दरले बढेर २७६६.३८ विन्दुमा बन्द भएको छ । सेयर बजारको पुँजीकरण ४३ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । 

यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मध्यपूर्वमा बढ्दो तनावबीच साताको सुरुका दिनमा बढेको मूल्य साताको बीचका केही दिन घटेर पछिल्ला दिनमा फेरि बढेको हो ।

साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ५० हजार रुपैयाँ पुग्यो । त्यसयता निरन्तर ओरालो लागेको मूल्य शुक्रबार बढेर प्रतितोला एक लाख ४८ हजार एक सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ एक हजार सात सय ३० प्रतितोला
यो साता नेपाली बजारमा चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार सात सय ८५ रुपैयाँ रहेको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रतितोला सात सय ३० रुपैयाँ कायम भएको छ ।

See More On

सुझावित समाचार