सुनकाे मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।
यसैबीच, चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ६ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ ।