संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठूला र दुर्लभ नठानेको उद्घोष गरेका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा भनेका हुन् । उनले भने, ‘मन्त्री पदलाई मैले ठूलो र दुर्लभ पद ठानेको छैन। म आफ्नो इमान र मिहिनेतको भरमा काम गरिरहेको छु।’
उनले अहिले मन्त्रालयमातहतका बेथिति र विसंगतिहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको बताए । उनले आफूलाई विकृतिको डंगुरमाथि उभिएको अनुभूतिसमेत भइरहेको बताए । उनले आफू संसदमा तेस्रोपटक आएको बताउँदै कानुनी र संवैधानिक रूपमा सहयोग गर्नसमेत अपिल गरेका छन् ।
साथै बुधबार भएको हेलिकाेप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेकोसमेत स्मरण गराए ।