टिआरसी विधेयक पीडितमैत्री छ : कानुनमन्त्री चौरसिया

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण
टिआरसी विधेयक पीडितमैत्री छ : कानुनमन्त्री चौरसिया

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले टिआरसी विधेयक पीडितमैत्री रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिमा विधेयकमाथिको छलफलका क्रममा मन्त्री चौरसियाले विधेयकले देशमा दिगो शान्तिका लागि बाटो खुला गरेको बताए।

‘पीडितमैत्री छ। पीडितलाई न्याय दिन्छ। स्वतन्त्र सहमति नभए सरकार वा पीडित कानुनी उपचारमा जाने, परिपूरणको कुराले त्यो सुनिश्चित गरेको छ,’ उनले भने, ‘देशमा दिगो शान्तिका लागि बाटो दिन्छ। फेरि यस्तो द्वन्द्व नहोस् भन्ने स्पिरिट छ।’

यसैगरी, समिति सभापति विमला सुवेदीले सबै पक्षको सहयोगमा पीडितलाई केन्द्रमा राखेर नै विधेयक बनाएको बताइन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको उक्त विधेयक आज बिहीबार नै कानुन समितिले संशोधनसहित पारित  गरेको छ।

सुझावित समाचार