२७ वर्षपछि श्रीलंकालाई एकदिवसीय सिरिज

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण
२७ वर्षपछि श्रीलंकालाई एकदिवसीय सिरिज

तस्बिर : क्रिकइन्फो

श्रीलंकाले २७ वर्षपछि भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिज हात पारेको छ । कोलम्बोमा बुधबार भएको तेस्रो एकदिवसीय खेलमा श्रीलंकाले भारतलाई ११० रनको फराकिलो अन्तरले हराउँदै २–० ले सिरिज जितेको हो ।

श्रीलंकाले अन्तिमपटक भारतविरुद्धको एकदिवसीय सिरिज सन् १९९७ मा हात पारेको थियो । कोलम्बोमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा सात विकेट गुमाएर २४७ रन बनाएको थियो । प्रत्युत्तरमा भारत २६.१ ओभरमा १३८ रनमा समेटियो । भारतका लागि वासिङटनले सर्वाधिक ३० रनको योगदान दिएका थिए ।

श्रीलंकाका लागि दुनिथ वेलागेले ५.१ ओभरमा २७ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि ओपनर अभिस्का फर्नान्डोले सर्वाधिक ९६ रनको योगदान दिए । उनले १०२ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका थिए ।

सुझावित समाचार