पराजयको पीडा (तस्बिरमा)

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण
पराजयको पीडा (तस्बिरमा)

प्रतियोगिताभर मैदानमा उपस्थित भएर समर्थन गरेका नेपाली दर्शकलाई अभिभावद गर्दै नेपाली राष्ट्रिय भलिबल टिमका सदस्यहरू । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका।

उपाधिको नजिक पुगेर पनि निराश हुनुपर्दाको पीडा यति वेला नेपाली राष्ट्रिय भलिबलका होनहार खेलाडीहरूले महसुस गरिरहेका छन्।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने उनीहरूको सपना अन्तिम सेटमा भारतले चकनाचुर बनाइदिएको छ।

यी नेपाली खेलाडी उपाधिका हकदार थिएनन् भने त्यति पीडा हुने थिएन होला, तर भारतलाई समूह चरणमै हराएर आफ्नो वास्तविक क्षमता प्रदर्शन गरिसकेका यी खेलाडीले फाइनलको अन्तिम सेटमा आफूलाई सम्हाल्न नसक्दा आफ्नै भूमिमा उपाधि उचाल्ने सपना टुट्न पुग्यो।

जब च्याम्पियनसिप प्वाइन्टका लागि भारतले अंक हासिल गर्‍यो, नेपाली खेलाडी थचक्कै भुइँमा बसे। 

तर, पूर्वाधारको अभाव, सीमित सुविधा र राज्यको एक किसिमको बेवास्ताकै बीच पनि यी खेलाडीले काभा नेसन्स लिगमा गरेको प्रदर्शन लामो समयसम्म खेलप्रेमीले सम्झिरहनेछन्।

हरेक अंकका लागि गरेको संघर्षले यी खेलाडीमा रहेको ‘पोटेन्सियल’ र भलिबल खेलप्रतिको रूचि साबित गरिसकेको छ। 

सुझावित समाचार