ढुंग्रे खोलाको बाढीले अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

बर्दीबासको बलगाछीस्थित ढुंग्रे खोलामा आएको बाढीले पुलछेउ कटान गरेर अवरुद्ध पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालन  भएको छ ।

करिब आधा घण्टा अवरुद्ध भएको राजमार्ग मर्मतका लागि सुरक्षा निकाय र नगरपालिकाको टोली पुगेकाे थियो । कटान भएको ठाउँलाई मर्मत गरी  सडक एकतर्फी सञ्चालन गरिएको  इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ ।

नदीमा थप पानी आए पुनः राजमार्ग कटान हुन सक्ने जोखिम यथावत् रहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार