गार्डियन माइक्रो लाइफको सेयर प्रत्याभूतिमा एसबिआई मर्चेन्ट

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने भएको छ । इन्स्योरेन्सले १०० अंकित दरमा २२ करोड ५० लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सले सेयर खरिद प्रत्याभूतिका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।  

यससम्बन्धी सम्झौतामा एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) लेखनाथ पोख्रेल र गार्डियन माइक्रो लाइफका सिइओ चिरायु भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैँक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । 

See More On

सुझावित समाचार