मुख्यमन्त्री सोडारीद्वारा राजीनामा घोषणा

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा घोषणा गरेका छन् । अल्पमतमा परेका सोडारीले शुक्रबार प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाकाे घोषणा गरेका हुन्।

गत २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए। सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्थाअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत लिन आज अन्तिम दिन थियो।

विश्वासको मत परीक्षण नगरी सोडारीले प्रदेश सभाबाट राजीनामा घोषणा गरेका हुन्। सभालाई सम्बोधन गर्दै सोडारीले आफूलाई मुख्यमन्त्री बनाउने नेताहरूको आग्रहमा राजीनामा दिएर मार्गप्रशस्त गरेकाे बताए।

प्रदेश सरकारले ल्याएको बजेट क्रान्तिकारी भन्ने सरकारमा सहभागी दलहरू केन्द्रको गठबन्धनलाई हेरेर सोहीअनुसार लागेका टिप्पणी गर्दै सोडारीले प्रदेश सभालाई बलियो बनाउन र जवाफदेही हुन सबै दललाई आग्रह गरे। 

सुझावित समाचार