रास्वपाको दुईदिने बन्द कार्यशाला सुरु

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको दुईदिने बन्द कार्यशाला सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु कार्यशाला आज र भोलि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ। पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।

साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो।

कार्यशालामा विचार, संगठन, मूल्य-मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने रास्वपाले जनाएको छ । 
 

सुझावित समाचार