चोरी तथा डाँका कसुरमा चार पक्राउ

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

चोरी तथा डाँकासम्बन्धी कसुरमा प्रहरीले पोखराबाट चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका– ४ लाहाचोक बस्ने वर्ष ४२ का सूर्यबहादुर घर्ती क्षेत्री, माछापुच्छ्रे– २ भराभरी बस्ने वर्ष ५१ का खड्कबहादुर पुनमगर र पोखरा महानगरपालिका– २१ बस्ने वर्ष ५८ का लोकबहादुर रानामगर र पोखरा– ३ नदीपुर बस्ने वर्ष ३५ को राजु सुनार रहेका कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

३ साउनको राति २०ः३० बजेको समयमा माछापुच्छ्रे– १ रुम्जा बस्ने शशिधर काफ्लेको घरमा चार–पाँचजनाको समूहमा मानिसहरू आई धारिलो हतियार देखाएर सुनका गरगहना (सिक्री एउटा, तिलहरी एउटा, औँठी तीनवटा र रिङ तीन जोर), मोबाइल एक थानसँगै एक लाख ७३ नगदसमेत गरी करिब १४ लाख आठ हजार मूल्यबराबरकाे धनमाल चोरी गरेका थिए ।

घटनाको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय पोखरा– १ बगरबाट प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरेको थियो। चोरी गर्नेहरूको खोजीका लागि पछि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरूलाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार