गएराति चुरे क्षेत्रमा भएको वर्षापछि बलबा नगरपालिकास्थित रातु नदीको तटबन्ध कटान गरी बाढी बस्तीमा पसेको छ। बाढी बस्ती पसेपछि घरघरको सम्बन्ध टुटेको छ । अहिले पानी घट्ने क्रममा छ।
बाढीले पूर्व-पश्चिम राजमार्गस्थित बर्दिवास नगरपालिका– ५ बेलगाछीस्थित बेलगाछी पुलको पूर्वपट्टि माटो कटान गरी पुल क्षतिग्रस्त भएपछि राजमार्ग अवरुद्ध भएको छ ।





