स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला एक लाख ४५ हजार चार सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख ४५ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा १० ले घटेको छ । सोमबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ४० रुपैयाँ निर्धारण भएको छ ।