विद्यार्थी पोसाकका लागि एसबिआईको एक लाख सहयोग

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले धनगढीका सामुदायिक विद्यालयका छात्रालाई पोसाक उपलब्ध गराउन एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढीको मेयर शैक्षिक विकास कोषमा सो आर्थिक सहयोग गरेको हो । 

कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारीलगायत पदाधिकारीको उपस्थिति थियो । 

बैंकले दिगो विकास हासिल गरी सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

See More On

सुझावित समाचार