लिटमस केबलको ‘पावर पार्टनर्स मिट’

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

नेपाली वायर तथा केबल उद्योग लिटमस इन्डस्ट्रीले दोस्रो ‘पावर पार्टनर्स मिट–०८१’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा देशैभरबाट लिटमसका डिलर, वितरक, एमइपी, इपिसी तथा कर्पोरेट पार्टनर्सहरूको उपस्थिति थियो । कार्यक्रममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको पाँच दशकको यात्रा र उपलब्धिबारे चर्चा गरेका थिए । कम्पनीका उपाध्यक्ष साथै नेपाल विद्युतीय उत्पादक संघ (निमा)का सचिवसमेत रहेका सरोज मिश्राले लिटमसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे प्रकाश पारे । 

सोही कार्यक्रममा कम्पनीले आफ्नो महत्वाकांक्षी र रणनीतिक भावी योजनाअन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिटमस २.०’ बारे पनि सहभागीलाई जानकारी गराइएको थियो । कम्पनीले सोही आयोजनामा इनामेल, मल्टिस्ट्यान्ड, इकोवायरजेडएच र इमर्जिङ डिलर गरी चार विधामा सर्वोत्कृष्ट हुन सफल भएका डिलरलाई पुरस्कृत पनि गरेको थियो ।

सुझावित समाचार