काठमाडौंमा पनि देखियो हैजा

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

काठमाडौं जिल्लामा पनि तीनजनामा हैजा देखिएको छ। काठमाडौंको कालीमाटी क्षेत्रका तीनजनामा हैजा पुष्टि भएको हो।

हैजा देखिएका तीनैजनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाका अनुसार हैजा पुष्टि भएसँगै उनीहरूलाई उपचारका लागि टेकु अस्पताल लगिएको हो।

यसअघि ललितपुरमा सातजना र कैलालीमा तीनजनामा हैजा देखिएको थियो। योसँगै देशभर हैजा संक्रमण पुष्टि हुनेको संख्या १३ पुगेको छ।
 

See More On

सुझावित समाचार