कान्ति लोकपथ अवरुद्ध

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ। कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो। 

यसैगरी, मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटाँैडाबाट ठिंगनतर्फको यातायात सेवा पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए। पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको छ। (रासस)

सुझावित समाचार