स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि भने एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।
शुक्रबार प्रतितोला एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ ।
यसैगरी चाँदीको मूल्य आज तोलामा १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० निर्धारण भएको छ ।