मौद्रिक नीतिको प्रभाव : सेयर बजारमा सकारात्मक सर्किट

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

२० मिनेटका लागि कारोबार बन्द    

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ । चालू आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो।

आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज गरिने घोषणा गरेका थिए । यस्तो सेयर धितो कर्जाको सीमा अधिकतम २० करोड रुपैयाँसम्म कायम थियो। संस्थागत लगानीकर्ताको सीमा खारेज भए पनि व्यक्तिगततर्फ यथावत् राखिएकाे छ।

सुझावित समाचार