सल्यानमा करेन्ट लागेर वृद्धको मुत्यु

शनिबार, १२ साउन, २०८१
डिजिटल संस्करण

सल्यानमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका- ३ सोतागारका अन्दाजी ७० वर्षीय मोहलाल वलीको करेन्ट लागेर मृत्यु भएको हो। 

शुक्रबार साँझ खेतबारीमा सिँचाइका लागि खोलाबाट मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।

शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको उनको भनाइ छ।  
 

See More On

सुझावित समाचार