मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ : अर्थमन्त्री पौडेल

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरूलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन्।

मौद्रिक नीति सार्वजनिक भएपछि अर्थमन्त्री पौडेलले विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउने प्रतिक्रिया दिएका हुन्।

‘मौद्रिक नीति राम्रो छ। अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रूपमा आएको छ,’ उनले भने, ‘मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ।’

अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी–व्यवसायीको समस्यालाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरेका छन्।

मौद्रिक नीति जारी गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री पौडेलसँग भेटघाट गरेका थिए।

सुझावित समाचार