ज्योति विकास बैंकद्वारा ‘ज्योतिज् गट ट्यालेन्ट’ आयोजना

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज् गट ट्यालेन्ट’को पहिलो संस्करण आयोजना गरेको छ।

रचनात्मकता र सिर्जनात्मकताको अनन्त सम्भावनाहरूलाई उजागर गर्ने तथा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले बैंकका देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरूको सहभागितामा बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

‘ज्योतिज् गट ट्यालेन्ट’मा कर्मचारीहरूका लागि नृत्य, संगीत, हास्यव्यंग्य, चित्रकला र कविता गरी पाँच विधा राखिएको थियो भने बालबालिकाहरूका लागि नृत्य, संगीत, हास्यव्यंग्य, चित्रकला, जादु, हस्तलेखन र कविता गरी सात विधा समावेश गरिएको थियो। जसमा प्रतियोगीहरूको सक्रिय सहभागिता रहेको थियो।

उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरू २०८१ साउन ९ गते बुधबार बैंकको १६औँ वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो। विजेतालाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बधाई ज्ञापन गरेका थिए।

सुझावित समाचार