आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको जानकारी दिए।
पाँच प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ। सात महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति कायम राख्ने उल्लेख छ ।
बैंकदरलाई सात प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ। नीतिगत दरलाई ५.५ बाट पाँच प्रतिशतमा झारिएको छ । अनिवार्य नगद मौज्दातको व्यवस्थालाई निरन्तरता दिएको छ। अर्थतन्त्रमा मुद्रास्फीति लक्षित सीमामा रहेको र बाह्य क्षेत्रमा सुधार भएको उनले जानकारी दिए।