तोलामा तीन सयले घट्यो सुनको मूल्य

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि  एक लाख ४४ हजार सात सय रुपैयाँ  निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला  एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आज एक लाख ४४ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा  २० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला  एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

See More On

सुझावित समाचार