लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो।

वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनलाई नयाँ दरबन्दी सिर्जना गरेर योजना आयोगमा सरुवा गरी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवकै नियुक्ति दिएको हो।

नेपालको निजामती सेवाको इतिहासमा मुख्यसचिव बन्ने उनी पहिलो महिला हुन्। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त हुनेछिन्।

सुझावित समाचार