बेवारिसे अवस्थाकाे एक सय ४५ केजी गाँजा बरामद

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

भारततर्फ लैजान लागेको १४५ केजी गाँजा प्रहरीले विराटनगरबाट बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्युरोले बिहीबार बिहान विराटनगर– ११ बुद्धविहार मार्गबाट बेवारिसे अवस्थामा रहेको १४५ केजी गाँजा बरामद गरेको हो । 

बुद्धविहार मार्गमा रोकेर राखेको भारतीय नम्बरको गाडी चेकजाँच गर्दा पाँचवटा झोलामा राखेको गाँजा फेला परेको थियो । बरामद गाँजा कसले ओसारपसार गर्न लागेको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।    

See More On

सुझावित समाचार