डेनमार्क पठाउने भन्दै २५ जना युवा लिएर विराटनगर आएका मेनपावर व्यवसायी मृत भेटिए

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

युवाहरूलाई डेनमार्क पठाउन भन्दै विराटनगर लिएर आएका एकजना मेनपावर व्यवसायी मृत फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिका– ८ का २८ वर्षीय राजीव फुयाँल विराटनगर– ११ मा रहेको होटेलको कोठामा बिहीबार  दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

व्यवसायी फुयाँलले २५ जना युवालाई भारत हुँदै डेनमार्क पठाउने भन्दै बुधबार विराटनगर लिएर आएका थिए । डेनमार्क जान आएका युवाहरू विराटनगर रानी क्षेत्रको होटेलमा बसेका थिए । व्यवसायी फुयाँल भने  गुद्री बजारमा रहेको एक होटेलमा वास बसेका थिए ।

जोगबनीको बाटो हुँदै दिल्ली लैजान आउने भने पनि बिहान अबेरसम्म नआएपछि युवाहरूले फुयाँल बसेको होटेलमा आएर उनको खोजी गरेका थिए । खोजी गर्दा उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए  ।

घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

सुझावित समाचार