धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

तस्बिर : अमुल थापा

काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ। केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका– १० र  ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।’
 

सुझावित समाचार