सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण पहिचान गर्न सरकारले पाँचसदस्यीय जाँच आयोग गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी जाँच आयोग गठन गर्ने निर्णय गरेको हो।
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा आयोग गठन भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि जानकारी दिए।
‘उक्त दुर्घटनाको सम्बन्धमा विस्तृत जाँच गरी दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँचसदस्यीय दुर्घटना जाँच आयोग गठन भएको छ,’ उनले भने।