मर्मतका लागि पोखरा लगिँदै थियो दुर्घटनाग्रस्त विमान

जहाजमा चालक दलका सदस्य र इञ्जिनियर मात्र

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमानस्थलको पूर्वी क्षेत्रमा दुर्घटनग्रस्त भएको जहाजको अधिकांश भाग जलेको छ। अहिले रेस्क्युको काम जारी रहेको बताइएको छ ।

जहाजमा चालक दलका सदस्य, इन्जिनियर लगायत १९ जना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

९एन–एएमई कलसाइनको सिआरजे २०० जहाज सी–चेक (मर्मत) का लागि पोखरा लैजाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए ।

‘हामीले नियामक निकाय क्यानसँग अनुमति लिएर जहाज मर्मतका लागि पोखरा लैजान लागेका थियौँ, तर जहाज उड्नेबित्तिकै तल खसेछ,’ उनले भने, ‘जहाजमा चालक दलका सदस्य र इन्जिनियर मात्र छन्, यात्रु छैनन् ।’

सुझावित समाचार