लुम्बिनीमा नौ सदस्यीय मन्त्रिमण्डल विस्तार

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएसँगै नौ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । नवनियुक्त सबै मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ खाएका छन् ।

एमालेबाट चार र कांग्रेसबाट चार सांसदले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन । 

आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री  नियुक्त गरेका थिए । आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका ५६ सांसदको समर्थन छ । यहाँ ८७ सदस्यीय प्रदेश सभा छ । अर्घाखाँचीबाट निर्वाचित आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री बनेका थिए । 

यी हुन् लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री

१. भूमिश्वर ढकाल
२. दिनेश पन्थी
३. बादशाह कुर्मी
४. धनेन्द्र कार्की
५. सरोज थापा
६. प्रचण्डविक्रम न्यौपाने
७. खेमबहादुर सारु
८. सीता शर्मा

सुझावित समाचार