उद्योगहरूको विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

महसुल तिर्न तीन महिना थप

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटिएका ६ उद्योगहरूको लाइन जोड्ने निर्णय गरेको छ। विद्युत् नियमन आयोगको निर्देशनअनुसार आज मंगलबार साँझदेखि विद्युत् लाइन जोड्ने निर्णय भएकाे हो।

प्राधिकरणले उद्याेगहरूलाई आगामी तीन महिनाभित्र डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता तिर्न थप समय दिएकाे छ।

‘तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने,’ निर्णयमा भनिएको छ।

सुझावित समाचार