दुर्लभ वन्यजन्तु सालक भेटियो

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका– ७ मा दुर्लभ वन्यजन्तु सालक फेला परेको छ । दोखुको ऐश्वर्या चोकमा गएराति ११:३० बजे स्थानीयवासीले सालक भेटेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमलकुमार लुंगेलीले स्थानीयवासीले खबर गर्नासाथ प्रहरी टोली गई सालकलाई उद्धार गरी जिप्रकामा सुरक्षित राखिएको बताए । 

उक्त सालक मंगलबार बिहान ७ बजे डिभिजन वन कार्यालयका कर्मचारी (फोरेस्टर) फुपुग्याल्वु शेर्पा र अम्बिका विष्टलाई बुझाइएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लुंगेलीले बताए । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी परमेश्र पासवानले उक्त सालकको बच्चा भएकाले जहाँबाट भेटियो त्यहीँ लगेर मंगलबार राति छोडिने बताए । उनले अन्यत्र लगेर छोड्दा उसको आमा नभेटी मर्ने सम्भावना भएकाले जहाँबाट भेटिएको छ त्यहीँ छोड्नुपर्ने पासवानले जानकारी दिए ।
 

सुझावित समाचार