प्रधानमन्त्री केपी शर्मा ओलीले अटोमोबाइल क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सकारात्मक रहेको बताएका छन् । सोमबार नाडा अटोमोबाइल एसोसिएसनको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा उनले सवारीसाधन, टायर ट्युब, ब्याट्री तथा लुब्रिकेन्ट उद्योगहरूको वर्तमान अवस्थाका बारेमा चासो र जिज्ञासा रखेका थिए ।
नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रमा देखिएका समस्या प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । नाडाले सरकारका विभिन्न कार्यविधिका कारण धराशायी बन्दै गइरहेको अटोमोबाइल व्यवसायलाई माथि उठाउन आवश्यक नीतिगत सुझावसमेत पेस गर्यो ।
उनले अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन लोन टु भ्यालु रेसियोका सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गर्नुपर्ने र चालू पँुजी कर्जा मार्गदर्शन लागू हुनुभन्दा अगाडि लिएको कर्जाको हकमा त्यो व्यवस्था लागू नहुने व्यवस्था गर्न पनि सुझाव दिए । व्यवसायीको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले अटोमोबाइल व्यवसायीका समस्या समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिए ।