राईलाई सेफ नेपालको उपाधि

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

नेपालको पहिलो फुड रियालिटी सो ‘सेफ नेपाल’को उपाधि अजुइहाङ राईले चुमेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा राईलाई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिस्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए ।  

निर्णायकमा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए । दुई वर्षअघिदेखि तयारी गर्दै आएको यस सेफ नेपाल फुड रियालिटी सोमा एक सय प्रतियोगी छनोट गरिएको थियो ।  

अनलाइन आवेदनमार्फत सय प्रतिस्पर्धी छनोट भई लाइभ अडिसन राउन्ड, इलिमिनेसन राउन्ड गर्दै उत्कृष्ट १६ प्रतिस्पर्धी छनोट भएका थिए । उत्कृष्ट १६ बाट फेरि उत्कृष्ट आठ प्रतिस्पर्धी छानिएका थिए । त्यसपछि उनीहरूसँग प्रतिस्पर्धामा उत्कृष्ट हुँदै राई सेफ नेपालको विजेता बन्न सफल भएका हुन् ।

अब छिट्टै एक कार्यक्रम आयोजना गरी विजेतालाई पुरस्कार हस्तान्तरण गरिने सेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले बताए । पहिलो सिजनमा सर्वसाधारणलाई समेत सहभागी गराइएकोमा दोस्रो सिजनमा भने सेफहरूलाई सहभागी गराएर सेफ प्रोफेसनल सो गरिने उनले जानकारी दिए ।

सुझावित समाचार