काभा यू–२० महिला भलिबल : युवा टोलीले सेमिफाइनलमा किर्गिस्तानसँग खेल्ने

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले किर्गिस्तानसँग खेल्ने भएको छ । लिगको अन्तिम खेलमा श्रीलंकाले किर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो । लिगमा अपराजित श्रीलंका तीन खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

दुई जित र एक हारबाट ५ अंक जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा नेपालले एक जित र दुई हारको नतिजा निकाल्यो । नेपाल ३ अंकसहित तेस्रो र सबै खेल गुमाएको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो । 

लिगमा पहिलो श्रीलंका र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ । दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाइनल हुनेछ । दुवै सेमिफाइनल सोमबार हुनेछ । नेपाल लिग चरणमा कीर्गिस्तानविरुद्ध सोझो सेट र श्रीलंकासँग ३–१ ले पराजित भएको थियो । 

सुझावित समाचार