सुनको मूल्य तोलामा एक हजार तीन सयले घट्यो

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनकाे मूल्य आज एक लाख ४६ हजार दुई सय रुपैयाँ निर्धारण भएको हो ।

त्यस्तै, शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला २० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० रुपैयाँ निर्धारण भएको छ ।     

 

See More On

सुझावित समाचार