एनसेलका खुद्रा विक्रेता नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक जितेका छन् । एनसेलले खुद्रा र साना पसल गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न ‘बिक्रीमा बहार, विक्रेतालाई उपहार’ योजना ल्याएको थियो । सो योजनामा झापा गाउँपालिका– ५, पन्थपाडामा शिवबाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रले बाइक जितेका हुन् ।
बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्रलाई बाइक हस्तान्तरण गरेका थिए ।
यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताले सिमकार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएका प्वाइन्टहरूका आधारमा उनीहरूले ६५ इन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएको एनसेलले जनाएको छ ।