२०८० को एसइईमा उत्तीर्ण भएका २५ विद्यार्थीलाई ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबस्थित माखबुँ नयाँ बस्ती समाजले सम्मान गरेको छ। शनिबार ठैबमा आयोजित विशेष समारोहमा अभिनेता निखिल उप्रेतीले एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेका हुन्।
सम्मानित हुनेमा लालीगुराँस, एभरेस्ट, ब्लुबर्ड, बुद्ध मावि, फुल्चोकी स्कुल, जिआरएस, सैनिक महाविद्यालयलगायत एक दर्जनभन्दा बढी स्कुलबाट एसइई उत्तीर्ण विद्यार्थी छन्।
अभिनेता उप्रेतीले एसइई उत्तीर्ण सुप्रिम मैनाली, अनुपा महतारा, आदर्श बोहोरा, सिर्जना घोरासैनी, नेहा थापा, निकेश शर्मा, रेखा शाही, कीर्तन खड्का, रजत बेल्वासे, दीप पाठक, सिम्रिक श्रेष्ठ, कर्मा घले, प्रान्जल खड्का, कृतिशा न्यौपाने, पुण्यराज श्रेष्ठ, गौरव दर्नाल, सृष्टिका राई, सुदेन्द्र राई, अस्कला तामाङ, दीपा श्रेष्ठ, विवेक गहतराज, स्मृति घिमिरे, भूपेन्द्र महतो, कृत्मा श्रेष्ठ र आरभ रिमाल छन्।
उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई हौसला प्रदान गर्न वर्षेनी सम्मान गर्दै आएको माखबुँ नयाँ बस्ती समाजका उपाध्यक्ष रोहित मैनालीले बताए। पछिल्लो समय गोदावरीको ठैब शैक्षिक हब बन्दै गएको छ।