ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघेको छ । ०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।
साथै, हालै मात्र बैंककोे निक्षेप पाँच खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थामध्ये पहिलो नम्बरमा रहेको छ ।
ग्राहकमैत्री सेवा, साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले आमनागरिकको विश्वास जित्दै आएको छ ।