प्रधानमन्त्री केपी ओलीले देशको अवस्था सन्तोष गर्न सकिने अवस्थामा नभएको बताएका छन् । इन्जिनियर दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सरकार क्रियाशील रहेको बताए ।
‘देशको अवस्था अहिले राम्रो छैन । प्रशंसा गर्न लायक छैन । तर, देश र इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्ज्वल छ । त्यसमा कुनै शंका छैन,’ उनले भने, ‘तर, आज सन्तोष मान्न र खुसी हुने अवस्था छैन । यस अवस्थालाई हामीले बदल्नैपर्छ ।’