राष्ट्र बैंकले शुक्रबारलाई बोलायो सञ्चालक समितिको बैठक, मौद्रिक नीति एजेन्डामा

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले शुक्रबार (भोलि) लाई सञ्चालक समितिको बैठक बोलाएको छ। मौद्रिक नीतिलगायत अन्य विषय छलफलको एजेन्डा हुने एक सञ्चालकले जानकारी दिए । 

शुक्रबार बिहान ८ बजे बैठक बोलाइएको हो। ती सञ्चालकले भने, ‘मौद्रिक नीतिलगायत अन्य विषय एजेन्डा राखेर बोलाइएको छ । सम्भव भएसम्म भोलि नै मौद्रिक नीति पारित गर्ने तयारी छ । नभ्याए अरू एजेन्डामा छलफल हुनेछ ।’

बजेटपछि केन्द्रीय बैंकले आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको यो अन्तिम मौद्रिक नीति हुनेछ । अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पुँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ ।

 

सुझावित समाचार