जिल्ला प्रहरी कार्यालय धादिङले बेवारिसे मोटरसाइकलको लिलामी गरेको छ। नेपाल प्रहरीले जिल्लामा पहिलोपटक बेवारिसे मोटरसाइकलको लिलामी गरेको हो।
विभिन्न समयमा चेकजाँचको क्रममा तथा अन्य अवस्थामा बेवारिसे फेला परेका १९० मोटरसाइकल र स्कुटर लिलामी गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। विभिन्न ५ वटा सप्लायर्सले टेन्डर हालेकामा समित एक्सपा सेन्टरले लिलामीमा पत्रु मोटरसाइकल टेन्डर पारेको छ।
नेपाल प्रहरीको हेडअफिसको स्वीकृतिमा भ्याटबाहेक सात लाख ९१ हजारमा लिलामी गरिएको केसीले बताए। मुद्दामा रहेका सवारीसाधन भने लिलामी गरिएको छैन। लिलामीमा लगिएका मोटरसाइकल र स्कुटर पुरानो नम्बरमा प्रयोग गर्न पाइनेछैन।