एक वर्षमा दुई लाख ३१ हजार ३३४ जनाले गरे पाथीभराकाे दर्शन

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरामा एक वर्षको अवधिमा दुई लाखभन्दा बढी तीर्थयात्रीले दर्शन गरेका छन् । आर्थिक वर्ष ०८०/८१ को असार मसान्तसम्ममा दुई लाख ३१ हजार ३३४ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । 

निर्देशक हाङबाङले ०८१ को असारमा मात्र दुई हजार ७५६ जनाले दर्शन गरेको बताए । असारमा दर्शन गर्ने तीर्थयात्रीबाट २० लाख ४४ हजार नाै सय रुपैयाँ भेटीबापत संकलन भएको उनको भनाइ छ । आर्थिक वर्ष ०८०/०८१ मा कति रकम संकलन भयो र कति रकम खर्च भयो त्यसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने निर्देशक हाङबाङले बताए । 

See More On

सुझावित समाचार