हलगोरु पाल्ने ८१ किसानलाई अनुदान प्रदान

यो वर्ष एक हलगोरुबराबर नगद चार हजार नौ सय ३८ रुपैयाँ प्रदान

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

कृषिमा आधुनिकीकरण र बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएका वेला बागलुङ नगरपालिकाले भने हलगोरु पाल्ने किसानका लागि प्रोत्साहन दिएको छ । नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक कार्यक्रमअनुसार नगरभित्रका ८१ घरपरिवारका कृषकलाई प्रोत्साहन प्रदान गरेको हो ।  

कार्यक्रमका लागि कार्यविधिसमेत तयार पारी सोमबार नगरपालिकाभित्रका किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए । यो वर्ष एक हलगोरुबराबर नगद चार हजार नौ सय ३८ रुपैयाँ प्रदान गरिएको छ ।

हलगोरु प्रवर्द्धन कार्यक्रमका लागि कुल एक सय नौ सय किसानले निवेदन पेस गरेपछि कार्यविधिअनुसार अनुगमन तथा मूल्यांकन गर्दा यस वर्ष ८१ जना किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको सापकोटाले बताए । 

‘गोरु प्रवर्द्धन कार्यक्रम’अन्तर्गत किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट प्रोत्साहन रकम हलगोरु पाल्ने किसानलाई प्रदान गरिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए । 

पछिल्लो समयमा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण बढ्दै गए तापनि परम्परागत प्रणालीलाई निरन्तरता र प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको पौडेलले बताए ।

See More On

सुझावित समाचार