रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाकाे ज्यान गयाे, एकजना बेपत्ता, सात घाइते

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिकाकाे पुरिएर ज्यान गएकाे छ । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनीषा सार्कीकाे पुरिएर ज्यान गएकाे हाे र ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

सातजना घाइते

बाढीले घर बगाउँदा १० वर्षीय विजय सार्की, २२ वर्षीय अनिशा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका छन् ।

नगरप्रमुख केसीले भने, ‘खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन्।’ 
  

See More On

सुझावित समाचार