लागुऔषधसहित सिराहाबाट दुई युवक पक्राउ

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

सिराहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ५ झाँझपट्टिबाट प्रहरीले भारततिरबाट आएका दुईजना युवकलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। 

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ मधुवनी गाउँका करिब २६ वर्षीय सुरेशकुमार चौधरीले मोटरसाइकल चढी शरीरमा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार पक्राउ पर्नेमा चाैधरीसहित मोटरसाइकलपछाडि बसेका उनका साथी २८ वर्षीय दिनेशकुमार चौधरी छन् । 

झाँझपट्टिस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको बोर्डरआउट पोस्ट नवराजपुरको चेक प्वाइन्ट टोलीले चेकजाँच गर्ने क्रममा शनिबार साँझ स.७ प ७८९९ नम्बरको मोटरसाइकल चढेर आउँदै गरेको दुई युवकलाई रोकेर खानतलासी गर्ने क्रममा लागुऔषध बरामद भएपछि तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलसहित पक्राउ गरिएका दुवैजनालाई इलाका प्रहरी कार्यालय महेशपुरपतारमा रखेर थप अनुसन्धान भइरहेको छ । 
 
 

See More On

सुझावित समाचार