आशा जगाउने काम गरेको छु : अर्थमन्त्री पुन

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो चारमहिने कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको बताए ।

बजेटमार्फत शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवावर्गमा आशा जगाउने कार्यक्रम ल्याइएको उनको भनाइ थियो । १२ वर्षअघि पहिलोपटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पूरक बजेट ल्याएको स्मरण गर्दै उनले यसपटक जननिर्वाचित संसद्बाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गरे ।

मन्त्री पुनले सुरुदेखि नै बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यसपटकको बजेटको स्वामित्व धेरैले लिएको बताए । मन्त्री पुनले राजस्व र भन्सारका दर हेरफेर गर्दा यसपटक धेरै विवाद नभएको बताए ।

बजेट निर्माणको सुरुको चरणदेखि नै आफू त्यसबारे सचेत रहेको भन्दै उनले एक्लै नभई मन्त्रालयका दुवै सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार र राजस्वका महानिर्देशक र बजेट लेखन समितिका सदस्यहरूबीच लामो छलफलपछि मात्र दरहरूमा हेरफेर भएको बताए । 

सुझावित समाचार