निर्माण सामग्रीको जिल्ला दररेट निर्धारण

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय, लमजुङले आर्थिक वर्ष ०८१/८२ का लागि ‘जिल्ला दररेट’ सार्वजनिक गरेको छ । जिल्लामा कामदारको ज्याला, मेसिन तथा उपकरणको भाडा, ढुवानी खर्च, निर्माण सामग्रीलगायतको नयाँ दररेट कायम गरिएको प्रशासनले जनाएको छ । यस्तो दररेट सरकारी निकायले विकास निर्माणको काम गर्दा लागत मूल्यांकन तयार गर्न प्रयोग गर्ने गरेका छन् । नयाँ दररेटमा चालू आवको तुलनामा सिमेन्ट र बालुवाको मूल्य घटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले पुरानो दररेटलाई समयानुकूल परिमार्जन गरिएको समिति सदस्य एवं पूर्वाधार विकास कार्यालय, लमजुङका प्रमुख विवेक सिग्देलले जानकारी दिए । 

समितिले नयाँ दररेट निर्धारण गर्दा अधिकांश सामग्रीको मूल्य चालू आवकै कायम गरिएको छ । यद्यपि, सिमेन्ट प्रतिबोरा ३० रुपैयाँ र बालुवा प्रतिट्याक्टर दुई सय ५० रुपैयाँ घटाइएको छ ।

समितिले ५० केजीको ओपिसी सिमेन्टको मूल्य ६ सय कायम गरेको छ । त्यसैगरी, बैठकले दुई हजार पाँच सय प्रतिट्याक्र रहेको बालुवाको मूल्य दुई हजार दुई सय ५० कायम गरिएको छ ।

See More On

सुझावित समाचार