३० प्रकारको स्वाद निकाल्ने गुल्मीकाे कफी एक्सप्रेसो मेसिन अलपत्र

६ लाख २० हजार रुपैयाँको मेसिन चार वर्षदेखि सहकारीमा थन्कियाे

शनिबार, ३० असार, २०८१
डिजिटल संस्करण

आर्थिक वर्ष ०७५/७६ मा जिल्ला सहकारी संघ गुल्मीलाई प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले मेसिन प्रदान गरेकाे हाे

विभिन्न स्वादका कफी तयार गर्ने ‘एक्सप्रेसो मेसिन’ प्रयोगविहीन अवस्थामा छ । आर्थिक वर्ष ०७५/७६ मा जिल्ला सहकारी संघ गुल्मीलाई प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले मेसिन प्रदान गरेको थियो ।

तर, सञ्चालन गर्ने विज्ञको अभावमा थन्किएर बसेको जिल्ला सहकारी संघ गुल्मीका व्यवस्थापक युवराज आचार्यले जानकारी दिए । मन्त्रालयले ६ लाख २० हजार रुपैयाँ मूल्यको मेसिन किनेर संघलाई दिएको आचार्यले बताए ।

यो मेसिनले ३० प्रकारका स्वादमा कफी बनाउँछ । तर, मेसिन चलाउने जनशक्ति नहुँदा चार वर्षदेखि सहकारीमा थन्किएर बसेको छ । यो मेसिन सञ्चालन गरेर विशेषताअनुसारको कफी बनाउन बारिस्टाका तालिमप्राप्त जनशक्ति आवश्यक पर्ने जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाले बताए ।

See More On

सुझावित समाचार